७ बैशाख २०८१, शुक्रबार

एन्फा बाँकेले दियो क्लवलाई फुटबल उपहार
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके जिल्ला फुटबल संघले आफना मातहतका क्लबलाई फुटबल वितरण गरेको छ । संघसग  आवद्ध ११ क्लबलाई एक कार्यक्रमका बिच फुटबल हस्तान्त्रण गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रत्येक क्लबलाई चारवटा फुटबल प्रदान गरेको हो ।

नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, सचिव गोविन्दप्रसाद श्रेष्ठ तथा तरुणदल बाँकेका सचिव बिनोद रिजालले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्त्रण गरेका थिए ।

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech