१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय युवा संग कोहलपुरको पहलमा युवाहरुलाई खेलकुद सामाग्री हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  राष्ट्रिय युवा संग कोहलपुरको सक्रियतामा युवाहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय युवा संग कोहलपुरका संयोजक नव किरण शाहको टोलिको पहलमा नगर खेलकुद बिकास समितिले उक्त खेलकुद सामाग्री वितरण  गरिएको हो ।

खेलकुद सामाग्रीमा ४ थान फुटबल २ सेट नेट ,जर्सी ३०, फुटबल कोण ४० छन् ।

खेलकुद सामाग्री वितरण कार्यक्रमा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत कोहलपुर नगरपालिका नगर खेलकुद बिकास समितिको संयोजक  राजु तामाङले  युवाहरुलाई  सामाग्री  हस्तान्तरण गरे । युवाहरु खेलकुदको माध्यम बाट राष्ट्रको नाम राख्न युवाहरुलाई  कार्यक्रममा मेयर  रावतले  प्रेरणा प्रदान गरे ।

कार्यक्रममा बोल्दै  कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीले खेलकुदका कृयाकलापमा आउने दिनमा समेत नगरपालिकाको सहयोग रहने बताए ।

कोहलपुर नगरपालिका नगर खेलकुद बिकास समितिको संयोजक  राजु तामाङले खेलकुदको माध्यमबाट कोरना संक्रमण लाई परास्त पार्न सकिने हुदा युवाहरु सृजनशिल हुने गतिविधिमा संक्रिय हुनु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संग कोहलपुरका संयोजक नवकिरन शाहले खेलकुदका माध्यमले युवाहरु कुलत बाट छुटकार पाउछन् यसरी नै सबै युवाहरुको समुह बनाएर खेलकुदमा सक्रिय हुन आग्रह गरे ।

राष्ट्रिय युवा संघ युवाको क्षमता विकास सगै सृजनशिल गतिविधि सदैव क्रियाशिल हुने बताउदै युवाहरुलाई बधाइ ज्ञापन गरेका थिए ।  कार्यक्रममा अनेरा स्ववियु विद्यार्थी युवा नेता टोप राज जैसी ,खेल प्रेमी युवा नेता उमेश जङ्ग शाहि, खगेन्द्र तिरुवा लगाएतको सहभागिता रहेको थियो ।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech