११ बैशाख २०८१, मंगलवार

२४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४८३ कोरोनामुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना रहेका छन् ।

२४ घण्टामा १ हजार ४८३ कोरोनामुक्त, १४ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको २ लाख ३० हजार ५३७ पुगेको छ । साथै २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।कान्तिपुर

  • २४ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech