१६ चैत्र २०८०, शुक्रबार

पार्टी कमिटीको बैठकबाट विवाद समाधान हुन्छ: शर्मा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य जर्नादन शर्माले पार्टी भित्रको विवाद पार्टी कमिटीको बैठक बाट समाधान हुने आशा व्यक्त गरेका छन ।
आईतवार कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै नेता शर्माले सो कुरा बताएका हुन । उनले विवाद स्थाई कमिटीले हल गर्ने र त्यसले नसके केन्द्रीय समिती बैठक बाट निकास खोजिने बताए ।उनले पार्टी एकतामा आच आएमा नेकपाका नेता कार्यकर्ता मात्र नभएर देशकै लागी दुर्भाग्य हुने धारणा राखे । पार्टी संस्थागत तवरले चल्न नसक्दा समस्या आएको बताउँदै पार्टी भित्रको बिवाद पद र प्रतिष्ठाको नभएर बिचारको भएको उनले धारणा राखे ।

समाजवाद निर्माणका लागी पार्टी एकता भएको बताउँदै नेता शर्माले मजबुद नेकपाले मात्रै समाजवादको लक्ष्य पुरा गर्न सक्ने  शमाले  बताए ।   कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथक,जिल्ला सचिव असोक कोईरला,संबिधान सभा सदस्य दल बहादुर सुनार, असोक रोकाय,नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, प्रेम भुषाल, उषा पुन , पुजन बिश्वकर्मा लगायत जिल्ला र नगर तहका कार्यकर्ताको उपस्थिती रहेको थियो ।

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech