१३ बैशाख २०८१, बिहीबार

संवैधानिक परिषद्को बैठकमा सभामुख नजाने
  • न्युज मानसराेवर

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आज डाकेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन्। बैठकको तयारी नपुगेको र समन्वय नगरेको भन्दै नजाने निर्णय गरेको उनका निकटस्थहरुले बताएका छन्।

बैठकमा सहभागी हुन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना भने पुगिसकेका छन्।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ। करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त छन् ।

संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेकोको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल लाइभ

  • ३० मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech