७ बैशाख २०८१, शुक्रबार

संसद् विघटन : २०७८ वैशाख १७ र २७ मा आम चुनाव
  • न्युज मानसराेवर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छिन्। आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले सभा विघटन गरेकी हुन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइए अनुसार आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि नयाँ आम चुनावको मिति तय गरिएको छ।

राष्ट्रपति भण्डारीले ‘नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि’ संसद विघटन गरेको विज्ञप्तिमा जनाइएको छ। नेपाल लाइभ

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech