४ बैशाख २०८१, मंगलवार

बालुवाटारमा ओली पक्षको भेला सुरू
  • न्युज मानसराेवर

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ।

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ। अहिलेसम्म पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ। नेपाल लाइभ

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech