७ बैशाख २०८१, शुक्रबार

केपी ओली केही होइन भन्नेलाई लोकप्रियता जाँच्ने अवसर दिएको हुँ : ओली
  • न्युज मानसराेवर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओली केही होइन भन्ने नेकपाका नेताहरुलाई लोकप्रियता मापन गर्ने अवसर दिएको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘केपी ओली केही होइन भन्नेलाई लोकप्रियता मापन गर्ने अवसर दिएको छु। निर्वाचनमा प्रमाणित गर्ने अवसर छ।’

यसैगरी प्रधानमन्त्री बन्न चाहनेलाई पनि जितेर आउने अवसर आफूले प्रतिनिधी सभा विघटन गरेको बताएका छन्।

उनले संसदलाई केही नेताको स्वार्थमा बन्धक बनाउनु जनादेशविपरीत हुने दाबी गर्दै एकताबद्ध भएर निर्वाचनमा होमिनु कार्यकर्तालाई आह्वान गरेका छन्। यो कदमले पार्टी एकतालाई सहयोग पुर्‍याउने उनको जिकीर छ। नेपाल लाइभ

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech