१५ बैशाख २०८१, शनिबार

ताजा जनादेश नै उत्तम विकल्प : कमल थापा
  • न्युज मानसराेवर

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन्।

आज ट्वीट गर्दै थापाले यस्तो बताएका हुन्। उनले फोहोरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो शृंखला सुरु गर्नुभन्दा ताजा जनादेश नै विकल्प भएको बताएका हुन्।

उनले भनेका छन्, ‘संसद विघटनको वैधानिकताको परिक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर  ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुटरकुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्परअवसर हो।’

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech