१३ बैशाख २०८१, बिहीबार

नेकपाका दुवै समूहको केन्द्रीय समिति बैठक बस्दै
  • न्युज मानसराेवर

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन्। दुवै पक्षले फरक–फरक स्थानमा बैठक बोलाएका हुन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक कार्की बेङ्क्वेटमा बैठक बोलाएको छ। आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीनिकट कार्यालय सचिव ईश्वरी रिजालले नेताहरूलाई बालुवाटार केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सूचित गरेका छन्। प्रचण्ड निकट कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बैठक हुने सूचना जारी गरेका छन्।

सत्तारुढ नेकपामा जारी विवाद प्रधानमन्त्रीले संसद विघटन गरेपछि झन् चर्किएको छ। दुवै पक्षले अलग–अलग भेला र बैठक जारी राखेका छन्। सोमबार पनि दुवै पक्षले भेला गरी संसद विघटनका विषयमा आफ्ना कुरा राखेका थिए।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech