८ बैशाख २०८१, शनिबार

ओली पक्षको भेलाको निर्णय : २०७८ मंसिर २ गते महाधिवेशन
  • न्युज मानसराेवर

काठमाडौं- नेकपा विवादमा एक पक्षको नेतृत्व गरिरहेका केपी ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको भेलाले महाधिवेशनको मिति तोकेको छ। केहीबेर अघि सकिएको भेलाले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
यसअघि २०७६ माघमा बसेको केन्द्रीय कमिटी र २०७७ असार-भदौमा बसेको स्थायी कमिटी बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
भेलाले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ।
त्यस्तै, प्रवक्ताबाट नारायणकाजीलाई श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई चयन गरेको छ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech