११ श्रावण २०८१, शुक्रबार

ओली समूहबाट बाँके र बर्दियाका ९ जना केन्द्रीय सदस्यमा मनोनित

नेकपा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षको भेलामा सहभागि नभएपनि उनका पत्नी समानुपातिक सांसद तुलसा थापालाई केपी ओलीको समूहले केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकेका तीन र बर्दियाका छ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

संविधानसभा बिघटनपछि नेकपाभित्रको विवादले बाँके र बर्दियाका नेताहरुले अवसर पाएका हुन ।
केन्द्रीय कमिटीको बैठकले पुर्ब सांसद देवराज भार, नन्दलाल रोकाय र नेतृ शान्ति ढकाललाई केन्द्रिय कमिटीको जिम्मेवारी दिएको हो ।

त्यस्तै बर्दियाका पुर्ब सांसद श्याम ढकाल, नेता दामोदर अर्याल, भिम केसी, समानुपातिका सांसद बिमला बि।क, समानुपातिका सांसद तुलशा थापा, नेतृ शोभा ज्ञवाली मनोनित केन्द्रीय समितिमा परेका छन् ।

नेकपा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षको भेलामा सहभागि नभएपनि उनका पत्नी समानुपातिक सांसद तुलसा थापालाई केपी ओलीको समूहले केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।  दस्तावेज

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech