८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले देशलाई ठूलो संकटबाट जोगाउनुभयो : बिजुक्छे
  • न्युज मानसराेवर

काठमाडौँ। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर देशलाई ठूलो संकटबाट जोगाएको बताएका छन्।

उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिए।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो संकट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरूरी छ।’

संविधानले परिकल्पना गरेको मान्यता र  संविधानभित्रै रहेर प्रधानमन्त्रीले  कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधान भित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने ‍औंल्याए।

धानमन्त्री ओलीले ‘कू’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कू’ भन्न मिल्ने तर्क राखे।

उनले भने, ‘प्रधानमन्त्रीले ‘कू’ गर्नुभएको होइन, बरु ‘कू’ असफल चाहिँ पार्नुभएको हो।’

दुई तिहाइ बहुमत नजिकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध आफ्नै नेताहरू नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उनले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरूरी रहेको बताए।

बयासी वर्षीय नेता बिजुक्छेले भने, ‘देशमाथि आएको यस्तो संकटमा पनि यो कदम

गुमेको नेपाली भूमि नक्सामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उनले दिए।

उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए। रासस

 

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech