१४ बैशाख २०८१, शुक्रबार

मनोरञ्जनको केन्द्र बन्दै हेप्पी वल्र्डको पार्क
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आन्तरिक पर्यटन बिकास सगै छिमेकी मुलुक भारतका पर्यटन आकर्षित गर्ने मुख्य उद्धेश्यका साथ निमार्ण गरिएको हेप्पी वल्र्डको वाटर फन एण्ड एमिजमेन्ट पार्कमा यति बेला बाह्य तथा आन्तरिक पर्यटकहरु मनोरन्जका लागि आउने गरेका छन् ।

नेपालगञ्जका प्रतिष्ठित उद्योगी र ब्यवसायीहरुको समूहले निर्माण गरेको यो पार्क नेपालगञ्ज–कोहलपुर सडकखण्डको हवल्दारपुरमा ३५ बिघा क्षेत्रफलमा फैलिएको छ । करिब ३५ करोडको लागतमा हेप्पी वल्र्डको वाटर फन एण्ड एमिजमेन्ट पार्क निमार्ण गरिएको हो ।

पार्कमा समुन्द्री किनारको मज्जा लिनुका साथै , फनपार्कमा स्काई साइक्लिङ्ग, जिपप्ले, र बालबालिकाहरुका लागि बञ्जिलगायत अन्य सुविधाहरु समेत उपलब्ध गराइएको छ ।

बाँकेमा पछिल्लो समय सञ्चालनमा आएका फनपार्कले मनोरञ्जनका साथै रोजगारीका लागि युवालाई अवसर सिर्जना गरि पर्यटन विकासमा समेत सहयोग पुराएका छन् ।

हेप्पी वल्र्डको वाटर फन एण्ड एमिजमेन्ट पार्कमा मनोरन्जनका लागि आन्तरिक पर्यटकहरु दैनिक रुपमा आउने गरेका छन् । आन्तरिक बाह्य दुबै पर्यटकलाई फोकस गरेर हेप्पी वल्र्डको वाटर फन एण्ड एमिजमेन्ट पार्क निमार्ण गरिएको भएता पनि पछिल्लो समय हेप्पी वल्र्डको वाटर फन एण्ड एमिजमेन्ट पार्कमा आन्तरिक पर्यटन बढि हुने गर्दछन् ।

आन्तरिक पर्यटनहरुका लागि हेप्पी वल्र्डको पार्क आकर्षितको केन्द्र बिन्दु बन्न थालेको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech