बाँके बैजनाथ । नरैनापुरमा गाउँपालिकामा स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएकाे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले आपतकालीन कार्य सञ्चालन केन्दको विहबार उद्घघाटन गरे ।
उदघाटन गर्दै प्रमुख अतिथी बाँकेका का प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क समन्वय सिधै जिल्ला, प्रदेश र केन्द्रसँग हुने छ ‘अब बिपद प्रतिकार्यको सामना गर्न, पुर्व तयारी तथा सुचना सम्प्रेषण, दस्ताबेज र अभिलेखीकरणमा समेत सजिलो हुने उनले भने ‘।
उदघाटनमा गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहको अध्यक्षतामा गरिएकाे थियाे । नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति, कोषध्यक्ष, महामन्त्री तथा जिल्ला बन कार्यालय बाँकेका प्रतिनिधि लगायतको सहभागिता मा स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्र काे उदघाटन गरिएकाे थियाे ।