४ बैशाख २०८१, मंगलवार

बैजनाथमा थारु युवा क्लब विच बृह्त फुटबल प्रतियोगिता सञ्चालन हुने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  थारु युवा क्लबको आयोजनामा बैजनाथमा  बृह्त फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

क्लबले उपलब्ध गराएको जानकारी अनुसार बैजनाथ वडा न ४ मा उक्त बृह्त फुटबल प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
यही पौष १८ गते देखी  २५ सम्म उक्त बृह्त फुटबल प्रतियोगिता सञ्चालन गरिने थारु युवा क्लबका अध्यक्ष मोतिलाल थारुले जानकारी गराए ।

प्रतियोगिताको प्रथम पुरुस्कार नगद २० हजार राखिएको छ भने दोस्रो पुरुस्कार नगद  १० हजार राखिएको थारु युवा क्लकका सचिव राम
ब चौधरीले जानकारी गराए ।

खेल संचालन विपी मेमोरियल मा वि को  मैदान हुने बताइएको छ ।  खेलाडी थारु समुदायको हुनु पर्ने बताइएको छ । थारु समुदायको बौद्धिक विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने स्थानीय थारु समुदायका अगुवाहरुको बुझाई रहेको छ ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech