६ बैशाख २०८१, बिहीबार

‘संसद विघटन मुलुक र पार्टीका लागि दुर्भाग्यपूर्ण’
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपाको प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड नेपाल समूहले आइतवार नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको आरोप लगाउँदै उनले पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको बताए ।

नेता भट्टराईले पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुकको पार्टीको लागि मात्र नभई मुलुककै लागि अहितपूर्ण काम गरेको उल्लेख गरे ।

केपी ओलीको मुल्यांकन इतिहासले गर्ने जिकिर गर्दै उनले जुन चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाए । उनले सुर्य चिन्ह अव नेकपाकै हुने दावी गरे ।

संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेको उनको भनाई थियो । कार्यक्रममा प्रदेश सांसद आइपी खरेल, अशोक कोइरालालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech