१६ चैत्र २०८०, शुक्रबार

नेकपाका दुई समूहबीच झडप, प्रहरी परिचालन
  • न्युज मानसराेवर

कञ्चनपुर । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताबीच पार्टी कार्यालयभित्रै झडप भएपछि प्रहरी परिचालन गरिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठकअघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएका थिए । लगत्तै, दुवै पक्षबीच झडपको अवस्था आएको हो ।

प्रचण्ड(नेपाल समूहले ताला खोलेपछि दुवै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको हो । पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । प्रहरी परिचालनपछि अहिले अवस्था सामान्य रहेको छ ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech