१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले मृत्युपत्रमा हस्ताक्षर गरे : योगेश भट्टराई
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपाका नेता तथा पुर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलीले मुलुकको मृत्युपत्रमा हस्ताक्षर गरेको आरोप लगाएका छन । आफ्नै नेतृत्वमा बहुमतको सरकार हुँदाहुँदै हुकुमी शैलीमा संसद विघटन गरेर ओलीले आफ्नो र मुलुककै मृत्युपत्रमा हस्ताक्षर गरेको भट्टराईले भनेका छन् ।

सोमबार बाँकेमा   आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्रीका पछिल्ला सबै कदम असंवैधानिक र घोर जनविरोधी भएको बताए ।

नेता भट्टराईले संसद विघटनपछि नेपालमा अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको  दावि गरे ।  संसद विघटनपछि देशमा बढ्दै गएको राजनीतिक अस्थिरताका कारण देशमा अन्तराष्ट्रिय शक्तिको चलखेल बढेको बताउँदै भट्टराईले चिनियाँ र भारतीय नेताको नेपाल भ्रमण त्यसकै निरन्तरता हुनसक्ने आशंका समेत ब्यक्त  गरेका छन् ।

 

उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका अङ्गहरुको आ-आफ्नो भूमिका तोकिएको छ । न्यायपालिकाले कार्यपालिकाको छायाँ बन्नु हुँदैन । संविधान अनुसार काम गर्नुपर्छ ।’ संवैधानिक इजलासमा बरिष्ठ न्यायाधीशलाई नसमेटेर भइरहेको सुनुवाइबारे भने उनले कानुन व्यवसायीबाट विरोध भए पनि पार्टीको आधिकारिक धारणा फैसलापछि मात्र आउने प्रतिक्रिया दिए ।

संविधानको धारा ७६ अन्तर्गत सरकार संचालनका अनेकैं विकल्प हुँदाहुँदै प्रधानमन्त्री ओलीले सनकका भरमा संसद विघटन गरेर देशमा राजनितिक अस्थिरता निम्त्याउन खोजेकाले त्यसको विरोधमा नेकपाले पुष १४ गतेबाट देशब्यापी आन्दोलनको घोषणा गरेको भट्टराईले जानकारी दिए । न्यायपालिकाबाट संसद पुनस्थापना हुनेमा ढुक्क हुन आग्रह गर्दै भट्टराईले पार्टि एकता अहिलेको अपरिहार्य आवश्यकता रहेकाले त्यसतर्फ अग्रसर हुन सबैलाई आग्रह समेत गरेका छन ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech