१६ चैत्र २०८०, शुक्रबार

संसद विघटनको बिरुद्धमा बाँकेमा विरोध प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटनको गरेको विषयलाई लिएर नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकले विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेले कोहलपुर र नेपालगन्जमा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको हो । नेपालगन्जमा भईरहेको विरोध प्रदर्शनलाई नेपाली काँग्रेसका युवा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअ अघि कोहलपुरमा आयोजित बिरोध प्रदर्शनपछिको कोण सभामा बोल्दै नेपाली काँग्रेस बाँकेका उप-सभापति फुलाराम थारुले प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरी देशलाई दुर्घटना तिर लगिरहेको बताउँदै आम सचेत नागरिकहरु सडकमा आउन अनुरोध गरेका छन् । साथै वर्तमान राज्य व्यवस्था नै संकटमा पर्ने गरी प्रधानमन्त्रीले कदम चालेको भन्दै त्यसका विरुद्ध काँग्रेस सडकमा आएको बताउँदै आम जनताले साथ दिन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले लोकतन्त्रवादीहरुले एकपटक फेरी सडकमा आएर संविधानले व्यवस्था गरेका राज्यका सबै निकायहरुको संरक्षण गर्नुपर्ने बेला आएको बताएका छन् । नेपाली काँग्रेसले लोकतन्त्रका लागि राणा, पञ्चयत र राजा फालेको स्मरण गर्दै केपि शर्माको पालो अब आएको भन्दै आन्दोलनका लागि आम जनता तयार रहनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति माधवराम खत्रीले काँग्रेस लोकतन्त्र प्रति आस्था राख्ने भएकाले जनमतलाई सम्मान गर्ने बताएका छन् । साथै उनले संसद पुर्न स्थापना भएको खण्डमा देश जनवादी केन्द्रीयतामा जोन र दक्षिणपन्थीहरुले शासन गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भूम बहादुर भण्डारीले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस सडकमा आएको भन्दै केपि शर्मा ओलिले प्रतिनिधि सभाको विघटन गर्नुनै देशबाट कम्प्युनिष्ट समाप्त हुनु भएको बताएका छन् ।

नेपाली काँग्रेसको केन्द्रिय सर्कुलेशन अन्तर्गत सोमबार देशभर बिरोध प्रदर्शन भईरहेका छन ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech