४ बैशाख २०८१, मंगलवार

कोहलपुरमा मशाल जुलुस
  • न्युज मानसराेवर

बाँके बैजनाथ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध बाँकेको कोहलपुरमा मशाल जुलुस निकालिएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको नेतृत्वमा सोमबार कोहलपुरमा मशाल जुलुस निकालिएको हो ।

गत आइतबार (पौष ५) गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि देशैभरि विभिन्न ठाउमा नारा जुलुश तथा बिरोधका कार्यक्रमहरु भइरहेका छन् ।

जसअन्तर्गत मंगलबार नेकपाले देशब्यापी आन्दोलनको घोषणा गरेको छ । त्यसकै पुर्वसन्ध्यामा कोहलपुरमा राँके जुलुस निकालिएको युवा संघ बाँकेका सहसंयोजक आकाश कार्कीले जानकारी दिए ।

सोमबार कोहलपुरसहित देशभरका मुख्यमुख्य सहरमा राँके जुलुस निकालिएको कार्कीले बताए । कोहलपुरस्थित सहिद स्मृती भवनदेखी सुरु भएको मशाल जुलुस न्यूरोड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

त्यसक्रममा सहभागीहरुले प्रधानमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।कोणसभामा नेकपाका युवा नेता नरेन्द्र न्यौपाने, अब्दुल हुसेन खाँ, युवा संघ बाँकेका सहसंयोजक आकाश कार्की, अनेरास्ववियूका केन्द्रिय सदस्य राजेन्द्र विष्ट लगाएतले प्रधानमन्त्री ओलीले देशमा अस्थिरता कायम गर्न खोजेको आरोप लगाएका थिए ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech