१३ बैशाख २०८१, बिहीबार

नयाँ वर्षका अवसरमा मेरो प्लानेटमा बम्पर छुट
  • न्युज मानसराेवर

बाँके बैजनाथ । अँग्रेजी नयाँ बर्षका अबसरमा मेरो प्लानेटले ३१ डिसेम्बर अर्थात पुस १६ गते साझ साँस्कृतिक कार्यक्रमको आयोजन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि साँस्कृतिक कार्यक्रमको मज्जा लिँदै रमाउने अवसर नपाएका नेपालगञ्जबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

साँस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउने उद्देश्यले जोडी र परिवारका सदस्यहरुलाई मात्रै कार्यक्रममा प्रबेश दिने ब्यबस्था मिलाइएको छ । साँस्कृतिक कार्यक्रममा सहभागी हुने दर्शक तथा पाहुनाहरुलाई नेपालकै लोकप्रिय हास्य कलाकार जीतु नेपाल मुद्रे, चर्चित गायक मन्जु पौडेल र नेपालगञ्जका रेडियोकर्मी समिर श्रेष्ठले बिभिन्न प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्ने छन् ।

यस्तै कार्यक्रममा ओम फिटनेश गु्रप डान्स र सगरमाथा डान्स गु्रपका कलाकारहरुले बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्ने छन् । साँस्कृति कार्यक्रमसंगै महिलाहरुको फेशन शो, बेलुन व्लाष्ट डान्स,म्युजिकल चेयर डान्स, जोडी बेलुन दौड, स्टेज परपोजलगायतका आकर्षक र मनोरञ्जनले भरीपुर्ण कार्यक्रमहरु पनि संगै सञ्चालन हुने छन् ।

कार्यक्रममा बिभिन्न मिठाईका परिकार, माछा, मासु, पनिरलगायतका परिकार, चाटको ब्यबस्था गरिएको छ । भेज र नन भेजका सुपलगायत करिब एक सय प्रकारका स्वादिष्ट परिकारहरुको ब्यबस्था गरिएको छ ।

कार्यक्रम स्थलका लागि एक जोडी अर्थात् २ जनाले ३ हजारको टिकट लिनु पर्नेछ । टिकट लिएर कार्यक्रममा प्रबेश गरेपछि सबै दर्शकहरुले आफुलाई मन लागेका खानेकुराहरु पेटभर खानका लागि थप पैसा तिर्न नपर्ने गरी ब्यबस्था मिलाइएको छ ।

घरमा फर्किदा चिसो होला जाडो होला भनेर चिन्ता गर्न नपर्ने गरी कार्यक्रम स्थलबाट फर्किंदा घरसम्म गाडीबाटै पुर्याइदिने ब्यबस्था मिलाईएको मेरो प्लानेट वाटर फन पार्कका प्रबन्ध निर्देशक डा.ओमप्रकाश मिश्रले बताए ।

नेपालगञ्ज उप महानगरपालिकाको वडा नं १४ बालेगाउंमा मेरो प्लानेट क्षेत्र साढे ३ बिघा क्षेत्रफलमा फैलिएको छ । शहरको घनाबस्ती भन्दा अलि टाढा शान्त र हरियाली बाताबरण, विभिन्न कलाकृतिहरूका कारण वाटर फन पार्कसहितको रिसोर्ट खानाका पारखी र मनोरञ्जन प्रेमीहरुका लागि लोकप्रिय स्थल बन्दै गएको छ ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech