१३ बैशाख २०८१, बिहीबार

पुर्नस्थापित संसदले राष्ट्रपतिलाई शितल निवासबाट घर फर्काउनेछ : गगन थापा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री गागन थापाले पुर्नस्थापित संसदले राष्ट्रपतिको हिसाबकिताब गर्दै विद्यादेवि भण्डारीलाई शितलनिवासबाट घर फर्काउने बताएकाछन् ।

संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर गरिएको संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापनाको विकल्प नरहेको भन्दै उनले यस्तो बताएका हुन् ।

पुनःस्थापित संसद्बाट संविधान हत्याको कुचेष्टा गर्ने राष्ट्रपतिको हिसाबकिताब लिने भन्दै नेता थापाले अगाडी थपे–‘संविधानको अपब्याख्या हुने काम कार्यकारी, राष्ट्रपति हुदैं गएकोछ यसलाई सर्वोच्चले ब्रेक लगाउनुपर्छ ।

सर्वोच्चले ब्रेक लगाइसकेपछि संविधान ट्रयाकमा आउँछ ।’ उनले अगाडी थपे–‘प्रधानमन्त्रीले गरेको संवैधानिक ‘कू’को हिसाबकिताब जनताले लिनेछन्, भने पुर्नस्थापित संसदले राष्ट्रपतिको हिसाबकिताब गर्दै राष्ट्रपतिलाई शितल निवासबाट घर फर्काउने काम गर्छ ।’

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा मङगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्नुभयो । त्यसको सर्मथन गर्दै राष्ट्रपतिले सदर गर्नुभयो । दुईवटा संस्था अपराधमा साझेदार भइसकेपछि अब हाम्रो अपेक्षा अदालततिर छ ।’ ‘हामीले अदालतसँग अपेक्षा गरेका छौं ।

माग गरेका छौं र मर्यादित ढङ्गबाट के राख्न चाहन्छौं भने अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् । विवेकको हत्या नहोस्’ नेता थापाले अगाडी भने -‘राजनीतिक कर्म गर्दै यो घटना होला भन्ने अनुमान थिएन । सर्वोच्च निकायमा बसेकाको मनसाय के होला भन्ने अड्कल लगाउन सकिएन ।’ बहुमत प्राप्त प्रधानमन्त्रीले गरेको संसद विघटन सदर हुनसक्ने आँकलन गर्दै नेता थापाले भने–‘त्यो देशका लागि घातक हुन्छ ।

नजिर बस्छ । यसले अब देशमा सनकमा र लहडमा जे पनि हुनसक्छ, त्यसका लागि सबै जिम्मेवार हुनु जरुरी छ ।’ नेता थापाले भने ‘अदालतले न्याय गर्नुपर्छ, कदमकथाचित न्याय भएन भने अदालतको निर्णय मान्नु पर्छ तर, त्यसमा सहमत गर्नुपर्ने फरक कुरा हो ।’ प्रधानमन्त्रीप्रति कडारुपमा प्रस्तुत हुदै नेता थापाले भने–‘संसद भित्र कलह थिएन ।

 

नेकपा भित्रको कलह छ, अप्राकृतिक गठबन्धन विघटन हुनुपर्नेमा संसद विघटन भयो ।’
पत्रकार भेटघाटमा पत्रकारद्वारा राखिएको जिज्ञासामा बोल्दै नेता थापाले भने–‘देशको यो अवस्था आउनु प्रधानमन्त्री र राष्ट्रपति नै जिम्मेवार हुन् । दुवैलाई लाज लाग्नुपर्ने हो ।

संसद पुर्नस्थापनाका लागि नेपाली काँग्रेस कसैसंग मोर्चाबन्दी गर्दैन एक्लै अघि बढ्छ ।’ संवैधानिक निकायमा भएको नियुक्ति असंवैधिानक भएकाले काँग्रेसले सार्वजनिकरुपमा अस्विकार गर्नुपर्ने उनले बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त पत्रकार भेटघाट कार्यक्रममा युनियन बाँकेका निर्वतमान अध्यक्ष जयनारायण शाह, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगर लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको युनियन बाँके सचिव विजय मल्लले जानकारी दिए ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech