बाँके बैजनाथ । बाँकेमा खाद्य अधिकार सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि संचालन गरिएको छ ।
खाद्य अधिकार ऐन कार्यान्वयन गर्नका लागि अनुगमन तथा योजना तर्जुमा स्थानीय सरकारको भूमिका विषय कार्यशाला गोष्ठी नेपालगञ्जमा संचालन गरिएको हो ।
फियान नेपालको आयोजनामा खाद्य अधिकार बारे गोष्ठिमा सहजीकरण गरिने छ ।
कार्यक्रममा बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका ,खजुरा गाउँपाकिला ,डुडुवा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधि तथा कर्मचारी लगाए नागरिक समाज, संघ सस्थाको सहभागिता रहेको छ ।
दुई दिने कार्यशाला गोष्ठिमा मुख्य रुपमा खाद्य अधिकारका क्षेत्रमा अनुगमनको प्रभावकारीता र योजना तर्जुमा सम्बन्धि सहजीकरण गरिने फियान नेपालका कार्यक्रम अधिकृत प्रकाश नेगीले जानकारी गराए । सहजीकरण फियान नेपालका क्षेत्रिय प्रमुख सुरेश गौतमले गर्ने छन् । पत्रकार लगाएतको सहभागिता छ ।