७ बैशाख २०८१, शुक्रबार

गैसस बाँके शाखाले गर्यो २१ औ वार्षिक साधारण सभा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । गैर सरकारी महासंघको २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

गैसस जिल्ला शाखा बाँकेले आफ्नो २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


गैसस संस्थापक अध्यक्ष किरण कोइरालाले संस्थागत विकासल नेपालमा आमुल परिवर्तन आएको बताइन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगर पालिका मेयर धवल शम्शेर राणाले स्थानीय सरकार र गैर सरकारी निकाय विचको समन्वयमा विकास तथा क्षमता अभिबृद्धिका गतिविधिहरुलाई निरन्तर दिदै सम्रग नेपालगञ्जको तियषवकास गर्ने बताए ।

कार्यक्रममा नेपालगञ्ज उपहानगरपालिका उप मेयर उमा थापा मगरले गैर सरकारी संस्थाहरुको नमुना गै.स.स बाके शाखा बनाउन स्थानीय सरकार समन्वयनका लागि तयार रहेको बताइन् ।

शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा २१ औ साधारण सभाले पूर्व समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरेको छ ।

सम्मान हुनेमा पूर्व अध्यक्ष प्रमोद रिजाल लुम्बिनी प्रदेश उपाध्यक्ष धमलाल रोकाया , प्रभात सिह ठकुरी लगाए पूर्व अध्यक्ष हरुलाई सम्मान गरिएको थियो ।
शाखले कोषाअध्यक्ष आर्थिक प्रतिवेद तथा सचिवले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमा गैर सरकारी महासंघका केन्द्रिय सचिव शोभाराम डागीले सरकार र गैर सरकारी संस्था  विचको समन्वयनले चेतनाको विकास आमुल परिवतन ल्याएको बताए ।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech