१४ बैशाख २०८१, शुक्रबार

मुख्य सचिव रेग्मीले दिए राजीनामा

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

  • न्युज मानसराेवर

काठमाडौँ — मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् । बिहीबार उनले राजीनामा दिएको र राजीनामा स्वीकृत पनि भइसकेको एक मन्त्रीले बताए । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् । रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए । कान्तिपुर दैनिकमा प्रकाशित

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech