१४ बैशाख २०८१, शुक्रबार

कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको हो ।

  • न्युज मानसराेवर

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा चार जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७८ र ६८ वर्षिय पुरुष, भक्तपुरमा ४८ वर्षिय र ललितपुरमा ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरी र रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ ।

सुनसरीमा ५६, ५० र २७ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ८०, ५५ र ४२ वर्षिय पुरुष, सुर्खेतमा ७५ वर्षीया महिला र एक जना ५९ वर्षीय चिकित्सकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech