६ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

ढुंगा हानेको आरोपमा ४ जना पक्राउ

  • न्युज मानसराेवर

बुटवल — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा हुँदै स्कटिडसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए ।
गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको छ । गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।
अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।कान्तिपुर

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech