१३ बैशाख २०८१, बिहीबार

अदालतको निर्णय जनताको पक्षमा आउनेछ : सांसद अथक

निर्माणको जिम्मा लिएको ३३ केभि प्रशारण लाईन १२ बर्ष सम्म पनि काम अगाडी नवढाउदा बिद्युत प्राधिकरणले टेण्डर रद्ध गरेको थियो ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का संघिय साँसद महेश्वर गहतराज अथक ले राप्ती सोनारी र नरैनापुर बिद्युतीकरणका लागि छिटो काम सम्पन्न गर्न सघाउ पुर्याउने गरि अदालतको आदेश आउने अपेक्षा गरेका छन ।

ठेकेदार राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्बती श्रीम उष्मा जेभी कम्पनीसँगको ठेक्का नेपाल बिद्युत प्राधिकरणले रद्ध गरेपछि मिश्रले प्राधिकरणको बिरुद्धमा हालेको मुद्धाको फैसला जनताको पक्षमा आउनेमा आफु आशावादी रहेको उनले बताएका हुन । उनले मिश्रको मुद्धा अदालतले बदर गरेर प्राधिकरणलाई काम गर्ने बाटो खोलिदिनेमा आफु आशावादी रहेको बताए ।

अथकले प्राधिकरणले रद्ध गरेको टेण्डर अदालतले सदर गरिदिएमा आगामी ३ महिना भित्र सो क्षेत्रका बासिन्दाले बिद्युत सेवा उपभोग गर्न पाउने सांसद अथकको भनाई छ । राजेन्द्र मिश्रसंगको टेण्डर रद्ध गरेको प्राधिकरण आफैले बिद्युतीकरणको काम अगाडी बढाउने सोच रहेको अथकको भन्नाई छ ।
सांसद अथकले झण्डै १ करोड रकम पेश्की वापत रकम लगेका मिश्रले ठेक्का सम्झौता गरेको ९ बर्ष सम्म कामको सुरुवात सम्म पनि नगरेको बताए । मिश्रले काम अगाडी नबढाएका कारण ३३ केभी प्रसारण लाईनको सव स्टेशन निर्माण भई सकेको अवस्थामा पनि सो क्षेत्रका जनता बिद्युत बाल्न पाएका छैनन् । सो कारणले राप्ती सोनारी र नरैना पुरका २७ ओटा गाँउ बिद्युत सेवा बाट बंचित भएको अथकको भनाई छ ।

यस अघि मिश्रले नै निर्माणको जिम्मा लिएको ३३ केभि प्रशारण लाईन १२ बर्ष सम्म पनि काम अगाडी नवढाउदा बिद्युत प्राधिकरणले टेण्डर रद्ध गरेको थियो । सो बिषमा पनि मिश्र अदालत पुगेका थिए । सो मुद्धा अदालतले बदर गरिदिएको थियो । मिश्रसंगको ठेक्का बदर भएको ६ महिनामा नेपाल बिद्युत प्राधिकरण आफैले राप्ती सोनारी ४ को धामपुरमा सव स्टेशन सहित ३३ केभि लाईन बिस्तार गरि सकेको छ । सव स्टेशन सहित को लाईन धामपुरमा निर्माण भएपनि राप्ती सोनारी र नरैनापुरको कतिपय ठाउमा बिद्युत बिस्तार भई सकेको छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech