११ श्रावण २०८१, शुक्रबार

बाँकेमा बुधवार ३६ जना डिस्चार्ज

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ९ पुगेको स्वास्थ्य कार्यालय जनाएको छ।

  • न्युज मानसराेवर

बाँकेमा बुधवार ३६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ११ महिला र २५ पुरुष रहेका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ९ पुगेको स्वास्थ्य कार्यालय जनाएको छ ।

अब आइसोलेसनमा बाँकेका ४ सय ५६ र अन्य जिल्लाका १८ गरी ४ सय ७४ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ भने २१ जनाको मृत्युु भइसकेको छ ।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech