१६ चैत्र २०८०, शुक्रबार

आक्रामक बन्दै अपराधविरुद्ध बाँके प्रहरी

प्रहरीले नेपालगञ्ज उहानरपालिका वडा नं २० मनिकापुरका ६२ वर्षिय सलिम नाँउ र वडा नंं। १९ बसुदेबपुरका ३३ वर्षिय का ईब्राहिम बेहनालाई बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट पक्राउ गरिएको जनाएको छ ।

  • न्युज मानसराेवर

बाँके ।  बाँके प्रहरीले हातहतियार ओसारपसार गर्ने, जंगली जनावर मार्ने तथा शरिर बन्धक बनाउने जस्ता बभिन्न अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

प्रहरीले मंगलबार विहान अबैध हातहतियार सहित दुई जनालाई, जंगली जनाबर मारेको अभियोगमा २ जना र शरिर बन्धक बनाउने कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

प्रहरीले नेपालगञ्ज उहानरपालिका वडा नं २० मनिकापुरका ६२ वर्षिय सलिम नाँउ र वडा नंं। १९ बसुदेबपुरका ३३ वर्षिय का ईब्राहिम बेहनालाई बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट पक्राउ गरिएको जनाएको छ ।

अबैध हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटेको प्रहरी निरीक्षक बसन्त गौतम नेतृत्वको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नाउ र बेहनालाईनाकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली ५ थान बरामद भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनले दुबैजनाको साथबाट कटुवा पेस्तोल १÷१ वटा र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड बरामद गरिएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्धा चलाइने तयारी भएको छ । ५ बर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुन सक्ने वा दुबै हुन सक्ने प्रावधान रहेको प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

यसैगरी प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडानं ६ मा जंगली जनावर चित्तल मार्ने दई जनालाई मरेको चित्तलसहित नियन्त्रणमा लिएको छ । राप्तीसोनारी–६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अस्थयी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके डुडुवा गाउपालिका–४ राप्तीनदी पुलबाट स्थानीय २३ बर्षीय सामेला रोका र २८ बर्षका अन्जन हमाल पक्राउ परेका हुन् ।

उनीहरुले भे ८ प ५४६५ नम्वरको मोटरसाइकलमा मारेको चित्तल राखेर फत्तेपुरबाट नेपालगञ्जतर्फ ल्याउँदै गरेको अवस्थामा २६ कलो चित्तलको मासुसहित उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया वस्ने रामु ओलीबाट ११ हजारमा खरिद गरि ल्याएको उनीहरुले बयान दिएका प्रहरीले जनाएको छ । ओली भने फरार छन् । उनीहरुमाथि थप छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरु माथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ क बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने छ ।

यसैगरी बाँके प्रहरीले मंगलबार नै दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षिय मुकेश यादव, ५५ बर्षिय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षिय अगलेश यादवलाई पक्राउ गरिएको हो ।

अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्द नगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ । बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेश कुमार सापकोटाको टोलीले भारतिय प्रहरीसंग समन्वय गरि पीडित नाबालिकाको उद्दार गरी संलग्नलाई पक्राउ गरि अनुसन्धान भईरहेको एसपी रानाले जानकारी दिए ।

मुलुकी अपराध संहित ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्षदेखि १५ बर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजार रुपैयासम्म जरिवाना वा दुबै हुने कानुनी व्यवस्था छ ।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech