७ बैशाख २०८१, शुक्रबार

‘काकाबाट बलात्कार’ पछि १४ वर्षीया बालिका सुत्केरी

पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई जबर्जस्ती गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।

  • न्युज मानसराेवर

गण्डकी  पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् ।बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई बलात्कार गर्ने अरू कोही नभएर आफ्नै काका ९२१ वर्ष० रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई करणी गरेको खुलेको हो । बालिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबुआमासँगै मजदुरी गर्थिन् ।

प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई जबर्जस्ती गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । ‘करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन् । बालिकाले आफूमाथि भएको जबर्जस्तीबारे कसैलाई पनि भनिनछिन् । बाबुआमाले पनि थाहा पाएनछन्,’ उनले भने, ‘बालिकाको पेट बढेको खासै वास्ता नभएको र यसलाई लिएर कुनै शंका गर्ने कुरा पनि नभएको अभिभावकले बताएका छन् ।’

भदौ २८ मा बालिका पोखराकै एक अस्पतालमा सामान्य सुत्केरी भएकी थिइन् । बच्चा जन्मिएपछि मात्र घटना सार्वजनिक भएको हो । पीडित परिवारले गत भदौ २९ मा कास्की प्रहरीमा हाडनातामा जबर्जस्ती करणीसम्बन्धी उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेर ल्याएको छ । उनलाई हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हमालले बताए । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा ३ ‘ग’ अनुसार १४ देखि १६ वर्ष उमेर समूहकी बालिका बलात्कृत भएमा १२ देखि १४ वर्षसम्मको कैदको व्यवस्था छ । हाडनाताभित्र करणी गर्नेलाई थप ३ देखि ६ वर्षसम्मको कैद हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बताए । बालिका र शिशुलाई पोखराकै एक संरक्षण केन्द्रमा राखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य छ । कान्तिपुर

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech