१२ बैशाख २०८१, बुधबार

केसी अनशन : शिक्षा सचिवको संयोजकत्वमा सरकारले बनायो ३ सदस्यीय वार्ता टोली

मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

  • न्युज मानसराेवर

काठमाडौँ — सरकारले डा. गोविन्द केसीको अनशनको सन्दर्भमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा रहेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भोलिदेखि नै वार्ता थाल्न निर्देशन दिएको कान्तिपुरसँग बताए ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा केसी अनशनमा छन् । शिक्षण अस्पतालमा रहेका केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको चिकित्सकहरुले बताएका छन् । कान्तिपुर

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech