२६ बैशाख २०८१, बुधबार

दवाव सृजना गर्न अगैयामा चक्काजाम

२०६९ सालमा राप्तीसोनारीको बैजापुर र साविकको नरैनापुरको वडा नम्बर ४ मा विद्युतिकरणको काम गर्ने जिम्मा लिएको श्री गौरीपार्वती श्रीउष्मा जेभी कम्पनीले हालसम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्द गरेपछि सो कम्पनीले विद्युत प्राधिकरण विरुद्ध तुलसीपुर उच्च अदालत नेपालगञ्ज इजलासमा मुद्दा हालेको छ ।

  • न्युज मानसराेवर

बाँके  । राप्तीसोनारी र नरैनापुरका स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर कुसुम सडकखण्डको अगैयामा २ घण्टा चक्काजाम गरेका छन् । राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी गौरीपार्वती श्रीउष्मा जेभीले काम पुरा गर्नुको साटो उल्टै विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि स्थानीय आन्दोलित भएका हुन । आन्दोलनकै क्रममा आज स्थानियहरुले कोहलपुर कुसुम सडक खण्डको अगैयामा डेढ घण्टा चक्काजाम गरेका छन ।

राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर करिव ९ वर्षसम्म काम नगरी योजनालाई अलपत्र पारेको भन्दै निर्माण कम्पनी श्री गौरीपार्वती श्रीउष्मा जेभी र निर्माण कम्पनी सञ्चालकलाई कारवाहिको माग गरेका छन् ।

संविधानसभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिको नेतृत्वमा प्ले कार्ड सहित सडकमा उत्रिएका स्थानीयहरुले समयमा काम पुरा नगर्ने ठेकेदार कम्पनीले विद्युत विस्तारमा अवरोध सृजना गरेकाले कडा विरोध जनाएका थिए । २०६९ सालमा राप्तीसोनारीको बैजापुर र साविकको नरैनापुरको वडा नम्बर ४ मा विद्युतिकरणको काम गर्ने जिम्मा लिएको श्री गौरीपार्वती श्रीउष्मा जेभी कम्पनीले हालसम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्द गरेपछि सो कम्पनीले विद्युत प्राधिकरण विरुद्ध तुलसीपुर उच्च अदालत नेपालगञ्ज इजलासमा मुद्दा हालेको छ ।

विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीउष्मा जेभीले ८ करोड ७० लाखमा ठेक्का लिएको उक्त निर्माण कम्पनीको लापरवाहीका कारण स्थानिय जनताले विद्युतबाट बञ्चित रहनु परेकोले सो ठेक्का रद्द गर्नु परेको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।साबिकको बैजापुर गाबिसको वडा नं। ३ र ४ तथा नरैनापुरको वडा नं। ४ मा पुर्णरुपले विद्युतिकरणको काम गर्ने भनि २०६९ सालमा राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्वती श्रीउष्मा जेभी कम्पनीले ठेक्का लिएको थियो ।संघर्ष समितिका संयोजक तथा संविधान सभाका सदस्य पट्टु थारुले विकासको काममा अवरोध गर्ने अधिकार कसैलाई पनि नभएको जनाउँदै सम्मानित अदालतले पनि जनताको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका छन ।यसअघि पनि ३३ केभिए प्रशारण लाइनको काममा अवरोध सृजना गरेपनि अदालतले जनताको पक्षमा फैसला गरेको थियो । तत् पश्चात विद्युत प्राधिकरणले बघौडासम्म आफै विद्युतीकरणको काम पुरा गरेको थियो ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech