१३ बैशाख २०८१, बिहीबार

गैर सरकारी महासंघ लुम्बिनी प्रदेश समितले सरकार र डा.केसीलाई वार्तामार्फत समाधान खोज्न अपिल

डा.गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भिर हुँदै गएकोप्रति गैर सरकारी संस्था महासंघ नेपालको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसनमा रहेका डा.गोविन्द केसी का माग संवाद मार्फत यथाशीघ्र निकासका लागि गैर सरकारी महासंघ लुम्बिनी प्रदेश समितिले माग गरेको छ ।

बिहिबार लुम्बिनी प्रदेशका उपाध्यक्ष धर्म रोकाया द्धारा जारी प्रेस विज्ञप्तीमा डा.गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भिर हुँदै गएकोप्रति गैर सरकारी संस्था महासंघ  लुम्बिनी प्रदेश नेपालको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।   विज्ञप्तीमा महासंघ सम्बन्धित सबै पक्षलाई संवेदनशील भई डा.केसीका मागका विषयमा संवाद मार्फत यथाशीघ्र निकासका लागि सरकारलाई अपिल गरेका छन्  ।

सरकारले डा.केसीका मागहरुका विषयमा छलफल गर्न  वार्ता समिति गठन गर्नु सकारात्मक रहेको भन्दै   वार्ताद्वारा समाधान खोज्नका लागि सरकार र डा.केसीलाई हार्दिक आग्रह गर्दछौ‌ं भनि  विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मूलुक कोभिड–१९ बाट आक्रान्त भईरहेको अवस्थालाई  मनन गर्दै अनसनमा रहनु भएका डा.केसी र सरकार दुबै पक्षलाई जिम्मेवार भई लचिलो रुपमा प्रस्तुत हुन र संवाद मार्फत निकास खोज्नु नै उपयुक्त हुने  रोकायाले  विज्ञप्तीमा उल्लेख गरेका छन् ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech