१६ चैत्र २०८०, शुक्रबार

भेरी अस्पतालका चार कर्मचारीसहित पन्ध्र जनामाथि मुद्दा दायर

आर्थिक बर्ष ०७६र०७७ का लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा दफा ६ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको दावी गरेको छ ।

  • न्युज मानसराेवर

बाँके ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालका चारजना कर्मचारीसहित १५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भेरी अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ स्रोत नखुलेको नगद रकम नियन्त्रणमा लिएर अनुसन्धान पुरा गरि बिहीवार मुद्दा दर्ता गरेको हो ।

मागदावी गर्दै अख्तियारले अनुसन्धानका क्रममा भेरी अस्पतालका लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अप्रेटर खनाल, लेखापाल ईन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पतालमा आर्थिक बर्ष ०७६र०७७ का लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा दफा ६ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको दावी गरेको छ ।

अख्तियारले लेखा अधिकृत आचार्य, कम्प्युटर अपरेटर खनाल, लेखापाल खत्री र सहलेखापाल खत्रीलाई बिगो १९ लाख १३, हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय माग गरेको छ ।

साथै भेरी अस्पतालका कम्प्युटर अप्रेटर खनाल, लेखापाल खत्री र सहलेखापाल खत्रीलाई नेपालगञ्जका विभिन्न ११ फर्मका सञ्चालकहरुले घुस उपलब्ध गराएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech