१२ बैशाख २०८१, बुधबार

जसले ४ सय बढि कोरोना संक्रमितको शवलाई दाग वत्ति दिए

४३ वर्षीय रामानन्द सरकार भारतको पूर्वोत्तर आसाम राज्यको सुदूर गाउँका हुन् ।

  • न्युज मानसराेवर

काठमाण्डौं । मान्छेले बाँच्नका लागि अनेक कामहरु गर्छ । जस्तै रामानन्द लाई नै हेरौं । उनको काम शव ज ला उ ने हो । पछिल्लो समय उनले ४ सय बढि कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव जलाई सकेका छन् ।

एपी न्यूज डटकममा अनुपम नाथले रामानन्दबारे फोटो कथा लेखेका छन् । ४३ वर्षीय रामानन्द सरकार भारतको पूर्वोत्तर आसाम राज्यको सुदूर गाउँका हुन् । उनी त्यसअघि गाउँमै ठेलागाडामा उखुको रस बेच्ने व्यापार गर्थे तर सुरु गर्न लिएको ऋण तिर्न सकेनन् र राजधानी तिर गए ।

आसाम राज्यको राजधानी गुवाहाटीमा त पुगे । त्यहाँ उनले सहजै कहाँ रोजगारी पाउनुरु त्यसैले उनी दुई वर्षअघि गुहाटीको घाटतर्फ लागे र चि’तामा आ’गो लगाउने काम सुरु गरे।

हिन्दुहरूका लागि मानिसको निधनपछिको अन्तिम संस्कारले विशेष महत्व राख्छ । दाह संस्कारलाई पवित्र मानिन्छ अनि त्यहींबाट निधन भएका व्यक्तिको पुनर्जन्मको चक्र अन्त्य हुने विश्वास राखिन्छ । दाह संस्कार पवित्र मानिन्छ तर दाह संस्कारका समय शवलाई छुने व्यक्तिलाई ‘तल्लो तह’को ।

रामानन्दले त आफ्नो प्रतिष्ठालाई पर धकेलेर त्यो काम सुरु गरेका थिए । केही समयलाई परिवारसँग आफ्नो कामबारे सत्य बताएनन् । अन्तत श्रीमतीसँग यथार्थ लुकाउन सकेनन् ।

गत मे महिनाको सुरुवातमा एउटा शव ज ला ए । उनले त केवल आफ्नो कर्म पूरा गरेका थिए । थाहा पाएनन्, ती महिलाको कोभिड १९ का कारण निधन भएको थियो ।

उनी जे गरिरहेका छन्, आफ्नो स्वेच्छाले गरिरहेका छन् । अब त उनी विशेष घाटमा काम गर्न थालेका छन् । राज्य सरकारले कोभिड(१९ का कारण ज्यान गुमा’एकाहरूको अन्तिम संस्कार गर्नका लागि बनाएको घाट ।  Photo – Anupam Nath/AP

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech