१४ बैशाख २०८१, शुक्रबार

सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन

कोरोनामुक्त भएका त्रिवि शिक्षण अस्पतालका कर्मचारीको हातबाट जुस पिएर केसीले तोडे अनशन

  • न्युज मानसराेवर

काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा। गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा। केसीले १९औं अनशन तोडेका हुन् ।
उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् । लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था नाजुक भएका डा। केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा। केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा। केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।सरकार र डा। केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा। केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा। दिव्यासिंह शाहमार्फत डा। केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् ।

सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा। दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।डा। केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत उनलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । तर डा। केसीले आफू त्रिवि शिक्षण अस्पताल नै जाने अडान राखेपछि उनलाई त्यहाँ लगिएको थियो ।कान्तिपुर

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech