४ जेष्ठ २०७९, बुधबार

मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतकमा नेपाली नियुक्त
  • न्युज मानसराेवर

सुर्खेत ,कर्णाली प्रदेशको सत्ता संघर्षले नयाँ मोड लिएको छ । आइतवार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव गरेपछि कर्णालीको राजनीति यतिबेला चर्चाको विषय बनेको छ ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपाली नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतकका हैसियतमा शाहले नेकपा प्रदेशको संसदीय दलको बैठक मंगलवार दिनको १ बजे बोलाएका थिए ।

अब संसदीय दलको पूर्ण बैठक अन्योलमा पर्ने देखिएको छ । नवनियुक्त प्रमुख सचेतक नेपालीले संसदीय दलको बैठक मंगलवार नबस्ने जनाइसकिन् ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech