८ बैशाख २०८१, शनिबार

नेपालगन्जकी उपमेयर थापालाई काेराेना संक्रमण

उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि

  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी दिइन् ।

‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बिचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’  मगरले भनिन् । , तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाब दिएको र आज मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको छ ।

उपमेयर थापामगरले आफू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसन मै बसेको उप मेयर थापाले भनिन् ।
उपमेयर थापामगर बाँकेमा शुरु देखि नै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आइरहेकी थिइन् ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech