१४ बैशाख २०८१, शुक्रबार

कर्णालीका मुख्यमन्त्री पदाधिकारीसहित काठमाडौं

ओली प्रचण्ड भेटवार्तामा आज महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मापनि सहभागी थिए ।

  • न्युज मानसराेवर

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटीका सबै पदाधिकारीलाई काठमाडौँ बोलाएको छ । त्यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा पार्टीका कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय भएको छ । उनीहरुलाई बिहीबारभित्र काठमाडौं आउन पत्र पठाइएको एक सचिवालय सदस्यले जानकारी दिए ।

ओली प्रचण्ड भेटवार्तामा आज महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मापनि सहभागी थिए ।

शर्मा नेकपा कर्णाली प्रदेशका इन्चार्ज हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कंडेल सहइन्चार्ज हुन् । नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मालगायतलाई पनि काठमाडौं बोलाइएको छ ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech