१३ बैशाख २०८१, बिहीबार

बैजनाथको राष्ट्रिय युवा संघमा संयोजक मल्ल

राष्ट्रिय युवा संघमा पूर्व एमालेका प्रभाशाली युवा अगन मल्ल अशोकलाई संयोजकमा चएन गरिएको नेकपा स्रोतले बताएको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लामो रक्सा कस्सी पछि बैजनाथामा नेकपा को भातृय संगठन राष्ट्रिय युवा संघको संयोजक र सह संयोजकको चयन गरिएको छ । बाँके जिल्ला निर्वाचन क्षेत्र न.३ को (क) तत्कालिन नेकपा एमालेको लाल किल्लाका रुपमा स्थापित संगठनका कारण संयोजक राष्ट्रिय युवा संघमा पूर्व एमालेका प्रभाशाली युवा अगन मल्ल अशोकलाई संयोजकमा चएन गरिएको नेकपा स्रोतले बताएको छ । यसै गरी सह संयोजकमा तत्कालिन नेकपा माओवादी केन्द्र युवा विवेक शाह लाई चयन गरिएको छ ।
नेकपा निकट राष्ट्रिय युवा संघले अब बैजनथा गाउँपालिका स्तरमा आफ्नो गतिविधि र समाज रुपान्तरणमा टेवा पुग्ने क्रियाकलापहरु संचालन गरिने संयोजक अगन मल्ल अशोकले जानकारी गराए । मल्लले अब अन्य सदस्यहरुको पनि चयन गरी राष्ट्रिय युवा संघलाई शशक्त बनाइने न्यूज मानसरोवरलाई जानकारी गराए ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech