१२ बैशाख २०८१, बुधबार

दुर्गा पुजाका बिषयमा प्रशासन किन माैन ?

हिन्दुधर्म समुदायका अगुवाहरूले पटक पटक जिल्ला प्रशासनलाई आग्रह गर्दा पनि दशैं शुरू हुने बेलासम्म पनि प्रशासनले वेवास्ता गरिरहेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  दशै आईसकेको छ, तर यो पटक दुर्गा पुजा चोक चोकमा दुर्गा मुर्ति स्थापना गरि गरिने पुजा हुने नहुने कुरा अन्योल जस्तै छ ।

हिन्दुहरूको महान पर्व मानिने दशैं शुरू हुन २र३ दिन बाँकी रहँदा पनि यो बिषयमा प्रशासनले कुनै निर्णय जारी नगर्दा पनि ठुलो उत्सवका रूपमा मनाउँदै आएका दुर्गा पुजा अन्यौल बनेको हो ।

हिन्दुधर्म समुदायका अगुवाहरूले पटक पटक जिल्ला प्रशासनलाई आग्रह गर्दा पनि दशैं शुरू हुने बेलासम्म पनि प्रशासनले वेवास्ता गरिरहेको छ ।

कोरोनाको महामारीका बीच विभिन्न धर्म समुदायको चाडपर्व पर्यो र सो चाडपर्व माउन पाउने बिषयमा प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर माउन पाउने तथा भिडभाड नगरेर मनाउन पनि दियो । तर दशैं आईसक्दा पनि प्रशासनले मनाउन नदिने गरि नै चुप लागेर बसेको छ ।

दशैं मनाउने वातावरण निर्माण गर्न यहाँका अगुवाहरूले पटक(पटक अनुरोध गरेपनि यो बिषयमा प्रशासन किन मौन बसेको हो ।

कोरोना महामारीको बेला सबैले सजगता अपनाउनुपर्छ तर जिल्ला प्रशासनले अहिलेसम्म यो पटकको दशैं मनाउन पाउने, नपाउने या कसरी माउन पाउने भन्ने निर्णय जारी गर्न किन ढिलाई भईरहेको छ ।

उता बजारका केही स्थानमा दुर्गा माताको मुर्ति स्थापनका लागि स्थानीयले तयारी शुरू गरेका छन् ।

कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मुर्ति स्थापना गरिने स्थानमा हात धुने व्यवस्थापन, भिडभाड गर्न प्रतिबन्ध लगाउने, त्यस्तै बागेश्वरी मन्दिरमा पुजा पाठका लागि दुरीको व्यवस्थापन गर्दै हात धुने स्थानको व्यवस्थापन र अनिवार्य गरेर मुख्य मन्दिरमा पुग्ने र ढोग्ने र निस्कने वातावरण बनाएर दशै मनाउन सकिने हनुमानगढी मन्दिर संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले बताए । यसका साथै मापदण्ड पालनाका लागि प्रहरीले सक्रियता रहेको अवस्थामा सहजै र सुरक्षितका साथ मन्दिरमा दर्शनार्थीहरूले पुजा पाठ गर्न पाउन सक्ने अध्यक्ष भट्टराईको भनाई छ ।

वर्षको विशेष पर्वका रूपमा रहेको घरमै मनाउन सकिने भएपनि सावधानीका साथ दुर्गा पुजा समेत मनाउन सकिने जानकारी गराए ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech