२४ फाल्गुन २०८२, आईतवार

परीक्षाको प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप
  • न्युज मानसराेवर

बाँके।परीक्षाको प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन सुरू गरिएको छ।सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीलाई खोप दिन थालेको हो।प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल,निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले प्रवेशपत्रका आधारमा खोप लगाउन सक्नेछन्। त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय सचिव स्तरीय बैठकले गरेको थियो।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech