१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेसका युवा नेताहरु बैठक बस्दै
  • न्युज मानसराेवर

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताको बैठक आज पनि बस्दै छ। संस्थापन र इतरपक्षका तेस्रो तहका युवा नेताको  बैठक सोमबरदेखि जारी छ। नेता चन्द्र भण्डारीको संयोजनमा युवा नेताहरुबीच छलफल भएको हो।

बैठक आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम  फुडल्याण्ड बस्ने भीष्मराज आङदेम्बेले बताए। बैठक पार्टीको समग्र एकता, पार्टीमा युवाको भूमिका तथा पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको उनको भनाइ छ।

बैठकको पहिलो दिन सामेबार आगामी महाधिवेशनलाई केन्द्रमा राखेर छलफल भएको सहभागी संस्थापनपक्षका नेता एनपी साउदले बताए। मुलुकमा विविध खालका समस्या रहेका बेला महाधिवेशन कुन रुपमा सफल बनाउने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech