१२ श्रावण २०८१, शनिबार

सुशासन प्रवद्र्धनमा प्रतिवद्धत छौँ
  • न्युज मानसराेवर

कोहलपुर।सुशासन प्रवद्र्धन गर्न आफुहरु प्रतिवद्ध रहेको एक कार्यक्रमका सहभागिताहरुले बताएका छन ।कोहलपुर नगरपालिका सुशासन प्रवद्र्धन अन्तर संवादमा सहभागिताहरु उक्त प्रतिवद्धता जनाएका हुन।

अन्तर संवाद कार्यक्रममा व्यक्तिगत रिसिविका कारण अख्तियार जस्तो स्थानामा मुद्धा परिरहेको प्रति भने जनप्रतिनिधिहरुले दुखेसो पोखेका छन। कोहलपुर नगरपालिका वडा न १ का अध्यक्ष गोपीलाल खनालले व्यक्तिगत झगडाका कारण पछिल्लो समय अख्तियार जस्ता निकायमा मुद्धा पर्नु दुखद छ’ खनालले भने।

खनालले  सुशासन प्रवद्र्धनमा नगरपालिकाले शुसासनका औजारहरु लाई पूर्णरुपले पालना गरेको बताए । यसै गरी कोहलपुर नगरपालिका वडा न ११ का अध्यक्ष कर्ण थापाले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय उल्लेख्निय कार्य सम्पाद गरेको दावि गरे । नागरिकलाई निशुल्क उपचार देखी लिएर औषधि व्यवस्थापन नगरपालिकाले गरिरहेको जानकारी गराए ।

कोहलपुर नगरपालिका सुशासन समिति संयोजक लिला पाण्डेले सुशासन प्रवद्र्धन गर्न सबै भन्दा पहिला आफ् जवाफदेही र पारदर्शिता हुन पर्ने बताइन । पाण्डेले कोरना महामरीका कारण पछिल्लो समय सार्वजनिक सुनवाई सामानिक परिक्षण गर्न नसकिएको बताउदै समय अनुकल भए नगरपालिकाले जवाफदेहीताका औजारहरु पालना गर्न कुनै समस्या नभएको बताइन् ।

यसै गरी कोहलपुर नगरपालिका विधायन समिति संयोजक भिम नेपालीले नगरपालिका हाल सम्म ९७ वटा कानुन निमार्ण गरिएको जानकारी गराए। नेपाली निर्वाचित भएर आउँदा कुनै ऐन नभएको अवस्था थियो ।’ तर विस्तारै  नगर कार्य सम्पादन गर्नाका लागि आवश्यक पर्ने कानून निमार्ण गर्दै आइरहेका छौँ ।’अब आउँने जनप्रतिनिधिहरुलाई सहज हुने दावि गरे।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रशासकीय अधिकृत हरी वलीले जनप्रतिनिधि र कर्मचारी विचको समन्वयन र सहकार्यमा समग्र कोहलपुरको विकास निमार्ण सुशासन प्रवद्र्धन जस्ता कामहरु संचालन भइरहेको बताए । वलीले प्रशासन सवल हुन नीति कानुन आवश्यक हुने बताउदै नीति निमार्णमा स्थानीय जनप्रतिनिधि ज्यूहरुको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए ।

कार्यक्रमा पूर्वाधार विकास समिति सदस्य कल्पना शर्मा अधिकारी वडा न २ का अध्यक्ष कर्ण विसी लगाएतले धारणा राखेका थिए । अन्तर संवादको सहजीकरण यूएसएड नेपालको प्याक्ट् \सहास परियोजनाले गरेको छ । प्याक्ट सहाज परियोजनाका अस्मिन भट्टराई ,दुलर्भ बोगटी ,मन भन्डारीको सहभागिता रहेको छ ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech