बैजनाथ \नेकपा एमाले बाँकेले पार्टीमा एकताबद्ध भएर लाग्न अपिल गरेकाे छ । जिल्ला अध्यक्ष सुर्य ढकालले हस्ताक्षर गरेको जारी अपिलमा नेकपा एमालेको लोकप्रियता माथी चौतर्फी प्रहार भइरहेको बेला पार्टीका बरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गर्ने कार्य घिणित र निन्दनीय काम गरेको उल्लेख गरिएको छ ।
नेकपा एमालेको आन्तरीक जीवनमा मात्र नभइ नेपालको समग्र कम्युनिस्ट आन्दोल समाप्त पार्ने कार्य प्रति चिन्तत तुल्याएको बताइएको छ। तर नेकपा एमाले समाप्त नहुने र पाटीृलाई जविन्त बनाउन साथीहरुलाई पार्टी विभाजनमा नलाग्न र मुल धारमा नै संगठित हुन अनुरोध गरेका छन। पार्टीमा सबैलाई काम र योग्यता अनुसार कुनै पक्षपात नगरि उचित जिम्मेवारी दिने कुरामा आफु प्रतिवद्ध रहेको अध्यक्ष ढकालले अपिलमा उल्लेख गरेको छन।
यसै गरी नेकपा एमाले पार्टीको मुल धारमा र एकवावद्ध रहन बैजनाथ गाउँपालिका नेकपा एमाले गाउँ कमिटिले अपिल गरेको छ ।
कमिटीले जारि अपिलमा पार्टीको विचार जनताकाे बहुदलिय जनवाद र सुर्य चुनाव चिह्न मा एकतावद्व रहन आम नेता कार्यकताहरुलाई अपिल गरेको हो ।