३ आश्विन २०८१, बिहीबार

थारु समुदायले बड्का अटवारी पर्व मनाउँदै
  • न्युज मानसराेवर

बाँके: थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ महीनाको पहिलो आइतबारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ। यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष भने कोरोना महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाइँदै छ ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली(नालीमा रोग(व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको छ । यस्तै पश्चिमका थारुहरुले यो पर्वलाई “बड्का अटवारी” भनेर मनाउने गर्छन् । यो भदौ महीनाका हरेक आइतबार अगल–अलग गाउँहरुले आफ्नो अनुकुल पर्ने आइतबार रैब वा अटवारी मनाउने गर्छन् ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech