१२ श्रावण २०८१, शनिबार

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
  • न्युज मानसराेवर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् ।

सोमबार बसेको लुम्बिनी प्रदेशको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत हासिल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकमा लिइएको विश्वासो मतमाथि मतदान भएको थियो । मतदानमा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका छन् । विपक्षमा शुन्य मत परेको छ ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद र एकजना स्वतन्त्र सांसदले मतदान गरेका छन् ।

 

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech