७ जेष्ठ २०८२, मंगलवार

कृष्ण चन्द्र ठकुरीको अध्यक्षतामा २ सस ५१ सदस्य अनेरास्ववियु गाउँ कमिटि विस्तार
  • न्युज मानसराेवर

बैजनाथ । नेकपा एमाले निकट अनेरास्ववियु बैजनाथ गाउँ कमिटि विस्तार गरिएको छ । कृष्ण चन्द्र ठकुरीको अध्यक्षतामा २ सस ५१ सदस्य अनेरास्ववियु गाउँ कमिटि विस्तार गरिएको हो ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष सुर्य ढकालले लोकतन्त्रलाई जीवन्त दिन नेकपा एमाले आजको आवश्यकता रहेको बताए । ढकालले समृद्ध नेपाल खुसी नेपालीको सपना साकार बनाउन युवा शक्ति एक हुनु पर्ने धारणा राखेका थिए।  लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनाल , भिम ओली , चन्द्र थारु लगाएत बक्ताहरुले कार्यक्रममा  धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय युवा संघ नेपाल का स्थायी कमिटी सदस्य खेमराज शर्मा  लगायत  जिल्ला सदस्य ,प्रदेश कमिटि सदस्य ,केन्द्रिय कमिटि सदस्य  अनेरास्ववियु स्थायी कमिटी सदस्य सुर्य रोकाय , सचिवालय सदस्य मोहित शाह लगायत युवा नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech